करिब ६ लाख नगद चोरी आरोपमा तीन युवा पक्राउ

हिमाल प्रेस ११ वैशाख २०८१ १७:३५ | Tuesday, April 23, 2024
करिब ६ लाख नगद चोरी आरोपमा तीन युवा पक्राउ

पोखरा- पोखराको नयाँबजारस्थित एक अनलाइन डेलिभरीको कार्यालयबाट करिब ६ लाख नगद चोरीमा संलग्न रहेको अभियोगमा ३ जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कास्कीले उनीहरूलाई पोखरा ५, पस्र्याङबाट सोमबार पक्राउ गरेको जनाएको छ।
पक्राउ पर्नेमा पोखरा–१५, टुटुंगा निवासी २९ वर्षीय अर्जुन परियार, पोखरा–१० निवासी २७ वर्षीय विकास अधिकारी र धादिङ घर भई हाल पोखरा–२, नालाकोमुख बस्ने २९ वर्षीय लोकेन्द्रबहादुर इटनी हुन्।

गत २४ चैतमा उक्त कार्यालयको शौचालयको सिसा फोडेर चोरले कार्यालयको लकर नै चोरी गरी लगेको थियो। उक्त लकरमा ५ लाख ८२ हजार ५ सय ८० रुपैयाँ रहेको खुलेको छ। उनीहरूको साथबाट एक थान मोबाइल र १ थान झोला समेत बरामद गरिएको सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले बताए।

प्रकाशित: ११ वैशाख २०८१ १७:३५ | Tuesday, April 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast