नेकपा एसका दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

हिमाल प्रेस ६ वैशाख २०८१ १७:३० | Thursday, April 18, 2024
नेकपा एसका दीर्घ सोडारी सुदूरपश्चिमको मुख्यमन्त्री नियुक्त

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख नजिर मियाँले आज बिहीबार सोडारीलाई संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।

सोडारीलाई बिहीबारै एमाले, माओवादी केन्द्र र नागरिक उन्मुक्ति पार्टीले समर्थन जनाएका थिए। उनका समर्थनमा माओवादी केन्द्रका १०, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्ति पार्टीका ७ र स्वतन्त्र सांसद तारा जोशीले समर्थन गरेका थिए।

नाउपका रेशम चौधरी पक्षका सांसदले भने सोडारीलाई समर्थन नरहेको जनाएका छन्।

प्रकाशित: ६ वैशाख २०८१ १७:३० | Thursday, April 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast