अर्थतन्त्र सुधार्न सरकार गम्भीर छ, म निरन्तर लागिरहेको छु : प्रधानमन्त्री

हिमाल प्रेस ४ वैशाख २०८१ १८:५१ | Tuesday, April 16, 2024
अर्थतन्त्र सुधार्न सरकार गम्भीर छ, म निरन्तर लागिरहेको छु : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि सरकार गम्भीर रहेको बताएका छन्। नेपाल उद्योग परिसंघको २१औँ वार्षिक साधारणसभामा प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधारका लागि आफू निरन्तर लागिरहेको बताए।

यद्यपि अर्थतन्त्र सुधारका लागि निजी क्षेत्रसँग निरन्तर छलफल गर्दा पनि सोचेजस्तो परिणाम नआएको उनको भनाइ छ। उनले लगानी सम्मेलनपूर्व नै उद्योगी तथा व्यवसायीले सुझाउँदै आएका ऐन कानुन सुधार गर्ने पनि बताए।

‘अर्थतन्त्र सुधारका लागि गम्भीर छ। त्यसका लागि म निरन्तर लागिरहेको छु,’ प्रधानमन्त्रीले भने,’अर्थतन्त्र सुधारका लागी सकारात्मक हस्तक्षेप गर्दै आइरहेको छ, गर्नेछ।’ निजी क्षेत्रमा देखिएको निराशालाई चिर्दै मनोबल बढाउन लागिरहेको बताए। साथै, नीति कार्यक्रमलाई बजेट नसमेट्ने गरेको भन्दै त्यसलाई अन्त्य गर्न निर्देशन दिएको बताए।

‘नीति कार्यक्रम धेरै राम्रो भनिएको हुन्छ। तर, त्यसलाई बजेटले छुदैन। यस वर्ष त्यो कुराको अन्त्य गर्न निर्देशन गरेको छु’ उनले भने। अर्को प्रसंगमा उनले नेपालमा अर्को चुनाव नहुँदासम्म अहिलेको सरकार चल्ने पनि दाबी गरे।

प्रकाशित: ४ वैशाख २०८१ १८:५१ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast