किराँत धर्म गुरुले शेखरलाई भने : गिरिजापछि देशले जिम्मेवार अभिभावक पाएन

हिमाल प्रेस ४ वैशाख २०८१ १४:४१ | Tuesday, April 16, 2024
किराँत धर्म गुरुले शेखरलाई भने : गिरिजापछि देशले जिम्मेवार अभिभावक पाएन

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला किराँत धर्मगुरु आत्मनन्द लिङ्देनसँग आशीर्वाद लिन मंगलबार उनको आश्रम पुगेका छन्। उपनिर्वाचनको प्रचारका लागि इलाम-२ पुगेका कोइरालाले माङ्सेबुङ गाउँपालिकाको लारुम्बामा रहेको लिङ्देनको आश्रम पुगेर उनलाई भेटेका हुन्।

भेटमा धर्मगुरु लिङ्देनले देशको अवस्था राम्रो नभएको, जनताले सास्ती भोगिरहनुपरेको र धर्म संस्कृतिको क्षेत्रमा समेत प्रहार हुन थालेको गुनासो गरे।

गिरिजाप्रसाद कोइराला तीनपटक आफूलाई भेट्न आएको स्मरण गर्दै लिङ्देनले कोइरालालाई भने, ‘गिरिजाप्रसादपछि देशले जिम्मेवार अभिभावक पाएन। माओवादी द्वन्द्व समाधान गर्न तपाईंले निकै राम्रो भूमिका खेल्नुभयो। अब एकपटक देशको बागडोर सम्हालेर जनताको अभिभावक बनिदिनुस्, म तपाईंको साथमा छु।’

जवाफमा नेता कोइरालाले आफू यतिबेला सबैभन्दा माथि देश र जनता छन् भन्ने अभियान बोकेर हिँडेको बताए। कोइरालाले सबै जातजातिको धर्म संस्कृति बचाउने कुरामा आफू अडिग रहेको र त्यसका लागि गुरु लिङ्देनको आशीर्वाद लिन आएको बताए। कोइरालाले अहिलेको बेथिति हटाएर देशलाई निकास दिन सक्छु भन्ने कुरामा विश्वस्त रहेको धारणा राखे।

प्रकाशित: ४ वैशाख २०८१ १४:४१ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast