विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

हिमाल प्रेस ४ वैशाख २०८१ ७:११ | Tuesday, April 16, 2024
विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिँदै छन्। विश्वासको मत लिनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ।

केन्द्रमा सत्ता समीकरण फेरिएपछि मधेश सरकारबाट गत चैत ५ गते कांग्रेस बाहिरिएको थियो भने एमाले सहभागी भएको थियो।

कांग्रेसले सरकारबाट बाहिरिँदै चैत ९ गते सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

सरकारमा रहेका दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ। मुख्यमन्त्री यादवले १५ महिनामा विश्वासको मत लिन लागेको यो चौथो पटक हो।

प्रकाशित: ४ वैशाख २०८१ ७:११ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast