गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा

हिमाल प्रेस ४ वैशाख २०८१ ६:३४ | Tuesday, April 16, 2024
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा गण्डकी प्रदेश मुख्यमन्त्रीको कार्यालय।

काठमाडौँ- गण्डकी प्रदेश सरकारले आज (वैशाख ४ गते) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।

चैत्र शुक्ल अष्टमी (चैते दसैँ)का अवसरमा प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना प्रकाशित गरी जानकारी दिएको हो।

मन्त्रिपरिषद्को गत चैत ९ गतेको बैठकले गण्डकीमा विभिन्न चाडपर्व तथा दिवसमा बिदा दिने निर्णय गरेको थियो।

मन्त्रिपरिषद्ले गरेको बिदाको निर्णय प्रदेश राजपत्रमा समेत प्रकाशित भइसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव प्रविण ढकालले जानकारी दिए। रासस

प्रकाशित: ४ वैशाख २०८१ ६:३४ | Tuesday, April 16, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast