पोखरामा तेल भर्दाभर्दै स्कुटरमा लाग्यो आगो

हिमाल प्रेस २ वैशाख २०८१ १९:३७ | Sunday, April 14, 2024
पोखरामा तेल भर्दाभर्दै स्कुटरमा लाग्यो आगो

पोखरा– पोखराको एक पेट्रोल पम्पमा तेल भर्ने क्रममा स्कुटरमा आगलागी भएको छ। तत्कालै स्कुटर बाहिर हटाइएकाले सम्भावित ठूलो क्षति जोगियो।

पोखरा महानगरपालिका-२९, भण्डारढिकथित विन्ध्यवासिनी आयल स्टोरमा दिउँसो करिब ४ बजे ग ८ प ८२१८ नम्बरको स्कुटरमा तेल भर्दै गर्दा एक्कासि आगो लागेको थियो।

कास्कीको रुपा गाउँपालिका-६, भिरकोटका अतिश खड्काको नाममा रहेको उक्त स्कुटरमा आगो लागेको हो। तत्कालै स्थानीयवासीले आगलागी भएको स्कुटर तानेर पेट्रोल पम्पभन्दा केही पर लगेका थिए।

स्कुटरमा तेल भर्ने क्रममा चुहिएको पेट्रोलमा तातेको इन्जिन सम्पर्कमा आएपछि आगलागी भएको हुन सक्ने प्रत्यक्षदर्शीको अनुमान छ।

प्रकाशित: २ वैशाख २०८१ १९:३७ | Sunday, April 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast