५० लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

हिमाल प्रेस १ वैशाख २०८१ ७:४२ | Saturday, April 13, 2024
५० लाखको लागतमा तनहुँको खड्गकालिका मन्दिर पुनर्निर्माण

तनहुँँ- तनहुँको व्यास नगरपालिका-११ तनहुँसुरमा रहेको खड्गकालिका मन्दिर ५० लाख रुपैयाँको लागतमा पुनर्निर्माण सम्पन्न भएको छ। पुरातत्व विभागको आर्थिक सहयोगमा पुनर्निर्माण पूरा भएको हो।

यही वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले पुननिर्मित मन्दिर उद्घाटन गर्ने कार्यक्रम रहेको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले बताए। मन्दिरको मौलिकता कायम गरेर पुनर्निर्माण पूरा भएको उनले जानकारी दिए।

तनहुँसुर धार्मिक पर्यटकीयस्थलका रूपमा क्रमशः विकास भइरहेको स्थानीयवासी सञ्जय श्रेष्ठ बताउँछन्। यहाँ सामुदायिक घरबास पनि सञ्चालनमा छन्।

पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृंगीसेनलाई सन् १६१० मा तनहुँमा राज्य गर्न पठाएको र उनीपछिका आठ सेनवंशी राजाले दुई सय ३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको जनश्रुति छ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिँढी चौतारी, ढुंगेसाँगु, फूलपाती ढुंगा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा र भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन्।

प्रकाशित: १ वैशाख २०८१ ७:४२ | Saturday, April 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 7 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast