संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस

हिमाल प्रेस ३० चैत २०८० १५:१६ | Friday, April 12, 2024
संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस फाइल तस्बिर

काठमाडौँ- सरकारले संघीय संसद्को हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

२०८१ वैशाख २ गते राति १२ बजेदेखि लागू हुनेगरी संसदको अधिवेशन अन्त्यका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय भएको शर्माले बताइन्। आजै प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख सत्ताघटक दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग मन्त्रिपरिषद् बैठक अघि यसबारे छलफल गरेका थिए।

 

प्रकाशित: ३० चैत २०८० १५:१६ | Friday, April 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast