मुग्लिन दुर्घटना : सबै मृतकको खुल्यो पहिचान, सबै एउटै वडाका

हिमाल प्रेस १७ चैत २०८० ९:४४ | Saturday, March 30, 2024
मुग्लिन दुर्घटना : सबै मृतकको खुल्यो पहिचान, सबै एउटै वडाका

काठमाडौँ- काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्युको पहिचान खुलेको छ।

उनीहरू सबै एउटै वडाका रहेको प्रहरीले जनाएको छ। गोरखा नगरपालिका ७ का वासिन्दा रहेका छन्। प्रहरीका अनुसार गोरखा नगरपालिका ७ का अर्जुन सिर्मल, हरिमाया रोकाया, जुनकिरी रोकाया, अञ्जना रोकाया र आगमन रोकाया रहेका छन्।

चितवनको इच्छाकामना५ पृथ्वी राजमार्गस्थित सिमलधाराबाट बा२ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो। ट्याक्सीले कति यात्रु बोकेको थियो भन्न एकिन हुन सकेको छैन।

त्रिशुली नदीमा खस्यो ट्याक्सी, ५ जनाको मृत्यु

प्रकाशित: १७ चैत २०८० ९:४४ | Saturday, March 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast