ठगी गरेको गुनासोपछि गृहमन्त्रीद्वारा सादा पोसाकका प्रहरी परिचालन नगर्न निर्देशन

हिमाल प्रेस १५ चैत २०८० १७:४४
1.2k
SHARES
ठगी गरेको गुनासोपछि गृहमन्त्रीद्वारा सादा पोसाकका प्रहरी परिचालन नगर्न निर्देशन रवि लामिछाने

काठमाडौँ- गृहमन्त्री रवि लामिछानेले सादा पोसाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

‘सादा पोसाकमा परिचालन हुने (घुमुवा प्रहरी) गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासोपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनअनुसार प्रहरी प्रधान कार्यालयले आज सादा पोसाकका प्रहरीको जिम्मेवारी तत्काल परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिन निर्देशन गरेको हो,’ गृहमन्त्रीको सचिवालयबाट सार्वजनिक पत्रमा भनिएको छ।

गृहमन्त्रीको निर्देशन अनुसार नेपाल प्रहरीले परिपत्र नै जारी गरिसकेको छ।

‘त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,’ प्रहरी प्रधान कार्यालयको परिपत्रमा भनिएको छ।

परिपत्रमार्फत जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै केन्द्रमा पठाउन पनि मातहतका निकायलाई निर्देशन दिइएको छ।

प्रकाशित: १५ चैत २०८० १७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast