राष्ट्रपति रामचन्द्र पौडेल
काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको मोतिबिन्दुको सफल शल्यक्रिया गरिएको छ। त्रिवी शिक्षण अस्पतालअन्तर्गत बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रबाट बुधबार दिउँसो दायाँ आँखामा रहेको मोतिबिन्दुको शल्यक्रिया गरिएको हो।
यसअघि पनि पौडेलको बायाँ आँखाको मोतिबिन्दुको शल्यक्रिया गरिएको थियो। स्वास्थ्य अवस्था सामान्य रहेको र राष्ट्रपति पौडेल बुधबार नै डिस्चार्ज भइसकेको त्रिवी शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले जानकारी दिए।
प्रकाशित: १५ चैत २०८० १३:१० | Thursday, March 28, 2024
प्रतिक्रिया




