टानका सदस्य संस्थाले गरिमा बैंकबाट ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा पाउने

हिमाल प्रेस ५ चैत २०८० १८:५६ | Monday, March 18, 2024
टानका सदस्य संस्थाले गरिमा बैंकबाट ५० लाखसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा पाउने

काठमाडौँ-  ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का सदस्य संस्थाहरूले अब गरिमा विकास बैंकबाट सहुलियत ब्याजदरमा अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा पाउने भएका छन्।

सोसम्बन्धी सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र टानका अध्यक्ष नीलहरि बाँस्तोलाले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार, गरिमा विकास बैंकले टानका सदस्य संस्थाहरूलाई उपलब्ध गराउँदै आएका विभिन्न प्रकारका कर्जामा सहुलियतसहित सेवा उपलब्ध गराउनेछ। बैंकले उक्त सम्झौताअनुसार टानका सदस्यहरूलाई अधिकतम ५० लाख रुपैयाँसम्म गरिमा सरल एसएमई आवधिक र ओभरड्राफ्ट कर्जा सहुलियत ब्याजदरका साथ उपलब्ध गराउनेछ। साथै, ५ लाख रुपैयाँसम्मको बैंक ग्यारेन्टी मात्र १० प्रतिशतको नगद मार्जिनमा उपलब्ध गराउनेछ।

यी सेवाहरूले गर्दा टान सदस्यहरूलाई व्यापार व्यवसायमा सहजीकरण हुने बैंकले विश्वास लिएको छ र इच्छुक सदस्यहरूले आफूलाई पायक पर्ने यस विकास बैंकको शाखा कार्यालयमा सम्पर्क गरी सेवा लिन सकिने बैंकले जनाएको छ। यस सम्झौतापश्चात् टानले गरिमा विकास बैंकलाई बैंकिङ पार्टनरको रूपमा अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएममार्फत ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: ५ चैत २०८० १८:५६ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast