सुन जाँचबुझ आयोगले तयारी पार्‍यो ४ सय पृष्ठको प्रतिवेदन

हिमाल प्रेस १ चैत २०८० ९:०३ | Thursday, March 14, 2024
सुन जाँचबुझ आयोगले तयारी पार्‍यो ४ सय पृष्ठको प्रतिवेदन

काठमाडौँ- सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले आज सरकारलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ।

आयोगका संयोजक पूर्वन्यायाधीश डिल्लीराज आचार्यले प्रतिवेदन तयार भइसकेकाले आज सरकारलाई बुझाउने जानकारी दिए। आयोगका पदाधिकारीले आज उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गर्दैछन्।

दुई दिनअघि नै प्रतिवेदन बुझाउने तयारी रहे पनि राष्ट्रियसभाको अध्यक्ष चयन तथा प्रतिनिधिसभामा प्रधानमन्त्रीले विश्वासका मत लिने समय परेकाले आज बुझाउन लागिएको बताइएको छ।

गत असोज १४ मा मन्त्रिपरिषद्ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग गठन गरेको थियो । सुरुमा ३ महिना समय दिइएको आयोगको समय सीमा २ महिना थपेर फागुन २८ गतेसम्मका लागि लम्ब्याइएको थियो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भई आएको ६०।७१६ र इलेक्ट्रिक चुरोट (भेप)मा लुकाई तस्करी गरिएको साढे ९ केजी सुन अनुसन्धानका लागि गठित १४ सदस्यीय आयोगले करिव चारसय पृष्ठको प्रतिवेदन तयार पारेको छ ।

प्रकाशित: १ चैत २०८० ९:०३ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast