इस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु

हिमाल प्रेस २९ फागुन २०८० ८:४१ | Tuesday, March 12, 2024
इस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि सुरु

काठमाडौँ- इस्लाम धर्मावलम्वीको पर्व रमजान महिना आजदेखि सुरु भएको छ।

एक महिनासम्म चल्ने यस पर्वमा मुसलमानहरु दिनभर निराहार व्रत बस्छन् । बिहानको नमाज पढेपछि सुरु भएको रोजा व्रत बेलुकाको नमाज सुनेर मात्रै खाने चलन छ।

निराहार बस्नुलाई रोजा भनिन्छ। रोजाको समय सूर्य उदाउने र अस्ताउने तालिकाका अनुसार तय हुने गर्छ। रोजा बस्न बिहान तोकिएको समय अगावै र बेलुका तोकिएको समयपछि मात्रै आहार लिइन्छ।

उर्दू पात्रो अनुसार हिजरी सम्बतको रमजान नवौँ महिना हो। रमजानमै मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको मानिन्छ। यही महिनामा नै अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।

प्रकाशित: २९ फागुन २०८० ८:४१ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast