ल्होसारले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्छ : उपराष्ट्रपति

हिमाल प्रेस २८ फागुन २०८० ७:१६ | Monday, March 11, 2024
ल्होसारले पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्छ : उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति रामसहायप्रसाद यादवले शेर्पा समुदायको पर्व एवं नयाँ वर्ष ग्याल्पो ल्होसार–२१५१ले नेपालीबीच बन्धुत्व, मेलमिलाप, मैत्रीभाव र पारस्परिक सद्भावलाई अक्षुण्ण राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

ग्याल्पो ल्होसारको उपलक्ष्यमा देश र विदेशमा रहनुभएका शेर्पा समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उहाँले राष्ट्रिय एकतालाई थप बलियो, सुदृढ बनाउनुका साथै मुलुकमा बहुभाषा र बहुसंस्कृतिलाई जीवन्त बनाउन सहयोग गर्ने बताएका छन्।

ग्याल्पो ल्होसारका अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले खुसीयाली साट्ने यो पर्वको अर्को महत्वपूर्ण विशेषता भनेको सामूहिक रुपमा एकअर्काको हात समाएर सुखदुःखको गीत गाउँदै स्याब्रु नृत्य गर्नु र मौलिक–परम्परागत पहिरन लगाउनुले शेर्पा समुदाय आफ्नो संस्कृति जोगाउन सचेत रहेको सन्देश अन्य समुदाय, सम्प्रदाय, धर्मावलम्बीलाई पनि दिएको उल्लेख गरेका छन्।

प्रकाशित: २८ फागुन २०८० ७:१६ | Monday, March 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast