यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

हिमाल प्रेस २८ फागुन २०८० ५:३९
12
SHARES
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।

आज अमेरिकी डलरको मूल्य हिजो अस्तीकै यथावत छ। गएको बिहीबारदेखि अमेरिकी डलरको मूल्य घटबढ भएको छैन। तर, आज युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।

आजको लागि अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ १६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७६ पैसा निर्धारण भएको छ। गएको बिहीबारदेखि अमेरिकी डलरको कारोबार यही मूल्यमा हुँदै आएको छ।

त्यसैगरी आजको लागि युरो १ को खरिदर १४४ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १६ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १७० रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७० रुपैयाँ ३२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६० पैसा र बिक्रीदर ८७ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८२ पैसा र बिक्रीदर ८८ रुपैयाँ २२ पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ७२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ३० पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १५ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ १८ पैसा थियो।

प्रकाशित: २८ फागुन २०८० ५:३९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =