स्वास्थ्यमन्त्री यादवले पद समालेसँगै गरे दुई निर्णय

हिमाल प्रेस २७ फागुन २०८० १५:५२
18
SHARES
स्वास्थ्यमन्त्री यादवले पद समालेसँगै गरे दुई निर्णय जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव।

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेका नवनियुक्त स्वास्थ्य तथा जनसंख्या उपप्रधानमन्त्री उपेन्द्र यादवले पहिलो निर्णयका रूपमा दुईवटा निर्णय गरेका छन्।

आइतबार शपथलगतै पदभार ग्रहण गर्न मन्त्रालय पुगेका यादवले महत्त्वपूर्ण दुई निर्णय गरेका हुन्। जसमा उनले संघीय निजामती ऐनमा स्वास्थ्य सेवा ऐन समायोजन गर्न कार्यदल बनाउने निर्णय र अर्को निर्णयमा हाल ठूला सरकारी अस्पतालमा शल्यक्रिया गर्न महिनौँ कुर्नुपर्ने बाध्यता सहज बनाउन अनलाइन सिष्टम लागू गर्ने निर्णय गरेका छन्।

स्वास्थ्य समायोजनमा विविध समस्या रहेका वेला यो कार्यदलले केही सकारात्मक पहलका लागि सहयोग गर्ने अपेक्षा गरिएको छ।

कार्यभार ग्रहण गर्दै उपप्रधानमन्त्री यादवले जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा सहजमा पुर्‍याउन मन्त्रालयअन्तर्गतका शाखा महाशाखालाई समयअनुकूल अपडेट गर्दै लाने समेत बतााए। यस्तै स्वास्थ्य सेवामा स्वास्थ्य जनशक्ति तथा उपकरण आवश्यकताको रूपमा मात्रै पारदर्शी रूपमा खरिद गर्ने तथा नियुक्ति गर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast