दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीद्वारा जाजरकोट भूकम्पपीडित र स्कुललाई आर्थिक सहयोग

हिमाल प्रेस २७ फागुन २०८० १२:०६
2
SHARE
दी ओरिएन्टल इन्स्योरेन्स कम्पनीद्वारा जाजरकोट भूकम्पपीडित र स्कुललाई आर्थिक सहयोग

काठमाडौँ- दी ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत २० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। १० लाख रुपैयाँ जाजरकोट भूकम्पपीडितको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा र १० लाख रपैयाँ स्कुले विद्यार्थीका लागि समता शैक्षिक गुठीमा प्रदान गरिएको हो। काठमाडौँमा आयोजित एक कार्यक्रममा सहयोग हस्तान्तरण गरिएको छ।

कम्पनीको केन्द्रीय कार्यालय नयाँदिल्लीबाट आएका कम्पनीका अध्यक्ष तथा प्रबन्धनिर्देशक आरआर सिंह तथा भम्रण टोलीमा संलग्न महाप्रबन्धक रेखा मोहन्ती ठाकुर र यस कम्पनीका नेपालस्थित कार्यालयका प्रमुख कार्यकारी अधिकृत टी चक्रवर्तीले उक्त रकम हस्तारण गरेका थिए।

कम्पनीको अध्यक्ष तथा प्रबन्ध निर्देशक लगायत उच्च पदस्थ पदाधिकारी फागुन २२ देखि २४ गतेसम्म नेपाल कार्यालयको भ्रमणमा थिए। भ्रमणको मुख्य उद्देश्य नेपालमा बिमा व्यवसायको विकास, विस्तार तथा सामाजिक उत्तरदायित्वमा योगदान प्रदान गर्ने रहेको कम्पनीले जनाएको छ। भ्रमणका क्रममा अध्यक्ष तथा प्रबन्धनिर्देशक. सिंहले युवा लक्षित नयाँ बिमालेखको बिक्री शुभारम्भ गरेका थिए।

दी ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेड, नयां दिल्लीको शाखा कार्यालयको रुपमा नेपालमा २०२४ मा स्थापना भएको हो। कम्पनीले नेपालमा सम्पत्ति, मोटर, मेरिन, इन्जिनियरिड., व्यक्तिगत दुर्घटना, स्वास्थ्य बिमालगायत उद्योग, कलकारखाना, पुल, जलविद्युतजस्ता संरचनाको प्रत्यक्ष बिमा गर्दै आएको छ।

प्रकाशित: २७ फागुन २०८० १२:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast