काठमाडौँ– गरिमा विकास बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–९ स्थित भुम्रेमा एक्सटेन्सन काउन्टर स्थापना गरेको छ। उक्त एक्सटेन्सन काउन्टरबाट २३ गतेदेखि कारोबार शुभारम्भ गरिएको बैकले जनाएको छ।
एक्सटेन्सन काउन्टरबाट ग्राहकहरुले खाता खोल्न, नगद जम्मा गर्न, नगद झिक्न, रेमिट्यान्समार्फत रकम पठाउन र प्राप्त गर्न लगायतका बैंकिङ सुविधा प्राप्त गर्न सक्नेछन्।
काठमाडौँको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडको काठमाडौँ उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, एक एक्सटेन्सन काउन्टर र ५१ वटा एटीएममार्फत ग्राहकलार्ई सेवा प्रदान गर्दै आइरहेको छ।
प्रकाशित: २५ फागुन २०८० १७:४८ | Friday, March 8, 2024
प्रतिक्रिया





