महालक्ष्मी विकास बैंकद्वारा नवराजबहादुर सिंह जेहेनदार छात्रवृत्ति वितरण

हिमाल प्रेस २४ फागुन २०८० २०:५८ | Thursday, March 7, 2024
महालक्ष्मी विकास बैंकद्वारा नवराजबहादुर सिंह जेहेनदार छात्रवृत्ति वितरण

काठमाडौँ– ‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसात् गर्दै नेपाली जनताको घरदैलोमा विगत २९ वर्षदेखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले श्री त्रिनगर माध्यामिक विद्यालय धनगढी, केलालीमा अध्यनरत छात्रा हीराकुमारी जोशीलाई कक्षा १० मा अध्यनका लागि नवराजबहादुर सिंह जेहेनदार छात्र वृत्ति प्रदान गरेको छ।

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्त्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. सिंहको स्मृतिमा उक्त छात्रवृत्ति बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिलकुमार नेपालले छात्रा जोशीलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ।

अध्ययनमाउत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पु¥याउने उद्देश्यले पचास हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २४ फागुन २०८० २०:५८ | Thursday, March 7, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast