राप्रपाले संसद् सचिवालयमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

हिमाल प्रेस १७ फागुन २०८० १६:५९ | Thursday, February 29, 2024
राप्रपाले संसद् सचिवालयमा दर्ता गर्‍यो जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ– प्रतिपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टीले रसिया र युक्रेनको युद्धमा नेपालीहरूलाई सहभागी गराइएको भन्दै सो विषयमा प्रतिनिधि सभामा छलफल गर्न जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ।

राप्रपाले प्रमुख सचेतक ज्ञानबहादुर शाही प्रस्तावक र सांसदहरू विना लामा, अनिशा नेपाली र विना जैसवाल समर्थक रहेर रसिया र युक्रेनबीचको युद्धमा नेपालीहरू सहभागी गराइएको भन्दै प्रतिनिधि सभामा छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको हो।

बिहीबार संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय समक्ष पुगेर जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको हो। प्रस्तावमा नेपालीहरूलाई आर्थिक प्रलोभनमा पारी रसिया र युक्रेन युद्धमा सहभागी गराइएको उल्लेख गरिएको छ।

मानव तस्करी गरी युद्धस्थलमा नेपालीलाई पठाएकाले यो विषयमा सरकारलाई ध्यानाकर्षण गराउँदै नेपालीहरूको ज्यान बचाउनका लागि जरुरी सार्वजनिक प्रस्ताव पेस गरिएको प्रमुख सचेतक शाहीले बताए। उनले युद्धभूमिमा फसेकाहरूलाई तत्काल उद्धार गर्न अत्यावश्यक भएको पनि बताए।

संघीय संसद् सचिवालयका महासचिव पाण्डेयले यस प्रस्तावलाई छिटोभन्दा छिटो प्रक्रियामा लैजाने बताए।

प्रकाशित: १७ फागुन २०८० १६:५९ | Thursday, February 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast