झिनो अंकले घट्यो नेप्से परिसूचक

हिमाल प्रेस १६ फागुन २०८० १६:३० | Wednesday, February 28, 2024
झिनो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। आज नेप्से परिसूचक शून्य दशमलव ८७ अंकले घटेर दुई हजार दशमलव ७७ को विन्दुमा कायम भएको हो।

तीन सय आठ कम्पनीको ५१ लाख १५ हजार छ सय ५८ कित्ता सेयर ४१ हजार छ सय ७९ पटक खरिदबिक्री हुँदा दुई अर्ब तीन करोड ८१ लाख नौ सय ७७ रुपैयाँको बराबरको कारोबार भएको छ। आजको कारोबारमा ७१ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ७० कम्पनीको सेयर मूल्य घटेको छ।

सात कम्पनीको सेयर मूल्य स्थिर देखिएको छ। विशालबजार कम्पनी लिमिटेड, बोटलर्स नेपाल (बालाजु लिमिटेड) र बोटलर्स नेपाल (तराई) लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै गुमाउनेमा भने सामलिङ पावर कम्पनी लिमिटेडका सेयरधनीले छ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन्। कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको १२ करोड ६९ लाख ६५ हजार बराबरको दुई लाख ७७ हजार दुई सय २० कित्ता सेयर किनबेच भनेको छ।

प्रकाशित: १६ फागुन २०८० १६:३० | Wednesday, February 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast