अनुमति लिएरमात्रै चार्टर्ड उडानको टिकट बेच्‍न क्यानको निर्देशन

हिमाल प्रेस १ मंसिर २०७९ ५:३९ | Thursday, November 17, 2022
अनुमति लिएरमात्रै चार्टर्ड उडानको टिकट बेच्‍न क्यानको निर्देशन फाइल तस्बिर।

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले अनुमति लिएर मात्रै चार्टर्ड उडानको टिकट बिक्री वितरण गर्न निर्देशन दिएको छ।

नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नियमावली, २०५८ अनुसार हवाई क्षेत्रको उडान अवतरण गर्न कुनै पनि वायु सेवा कम्पनीले अनुमति लिनुपर्छ।

पछिल्ला केही दिनदेखि अनुमति नलिई चार्टर्ड उडानको टिकट वितरण गरेको क्यानले जनाएको छ। यसरी जथाभावी चार्टर्ड उडानको ‘सेड्युल’ राख्दा विमानस्थलको सुरक्षामा गम्भीर प्रश्न उठेको क्यानले जनाएको छ।

अनुमतिबिना टिकट बिक्री गरे नागरिक उड्डयन सुरक्षा नियमावलीअनुसार कारबाही गरिने पनि क्यानले जनाएको छ।
आमनिर्वाचनको दिन मंसिर ४ गते आन्तरिकतर्फ नियमित उडान हुने छैनन्। उक्त दिन चार्टर्ड उडान मात्रै हुनेछन्।

प्रकाशित: १ मंसिर २०७९ ५:३९ | Thursday, November 17, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast