युवतीको अश्लिल भिडियो खिच्ने डीएसपी केसी निलम्बन

हिमाल प्रेस १४ फागुन २०८० १७:३६ | Monday, February 26, 2024
युवतीको अश्लिल भिडियो खिच्ने डीएसपी केसी निलम्बन

काठमाडौँ- रेस्टुरेन्टमा खाजा खान गएको बेला युवतीको अश्लिल फोटो भिडियो खिच्ने सशस्त्र प्रहरीका नायव उपरीक्षक (डीएसपी) तुलसिंह केसीलाई निलम्बन गर्न सशस्त्र प्रहरी बल मुख्यालय हलचोकले गृह मन्त्रालयलाई सिफारिस गरेको छ। सशस्त्रको मुख्यालयले फागुन ६ गते गृहलाई पक्राउ परेको व्यहोरा उल्लेख गरेर पत्र पठाएको थियो। उक्त पत्र पठाएसँगै उनी निलम्बनमा परेका हुन्।

पोखरास्थित सशस्त्र प्रहरीको चार नम्बर बाहिनीमा कार्यरत केसीले काठमाडौँको स्वयम्भूस्थित न्यु इभन पोइन्ट रेस्टुरेन्टमा खाजा खान गएकी एक युवतीको भिडियो खिचेको आरोपमा पक्राउ परेका केसी १० दिनदेखि थुनामा छन्।

ती युवतीको उजुरीको आधारमा केसीलाई फागुन ५ गते पक्राउ गरी प्रहरीवृत्त स्वयम्भू ल्याइएको हो। प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धि ऐनअनुसार अनुसन्धान गरिरहेको छ। यस ऐनअनुसार वैयक्तिक अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन।

यो पनि 

डीएसपी तुलसिंह केसी नौ दिनदेखि थुनामा, यस्तो छ घटना विवरण

 

प्रकाशित: १४ फागुन २०८० १७:३६ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast