डीएसपी तुलसिंह केसी नौ दिनदेखि थुनामा, यस्तो छ घटना विवरण

हिमाल प्रेस १३ फागुन २०८० १४:२४
8.5k
SHARES
डीएसपी तुलसिंह केसी नौ दिनदेखि थुनामा, यस्तो छ घटना विवरण सांकेतिक तस्बिर।

काठमाडौँ– सशस्त्र प्रहरीका डीएसपी तुलसिंह केसी ९ दिनदेखि प्रहरी थुनामा छन्। पोखरास्थित सशस्त्र प्रहरीको चार नम्बर बाहिनीमा कार्यरत केसीले काठमाडौँको स्वयम्भूस्थित न्यु इभन पोइन्ट रेस्टुरेन्टमा खाजा खान गएकी एक युवतीको भिडियो खिचेको आरोपमा पक्राउ परेका केसी ९ दिनदेखि थुनामा भएका हुन्।

ती युवतीको उजुरीको आधारमा केसीलाई फागुन ५ गते पक्राउ गरी प्रहरीवृत्त स्वयम्भू ल्याइएको हो। प्रहरीले उनीमाथि वैयक्तिक गोपनीयता सम्बन्धि ऐनअनुसार अनुसन्धान गरिरहेको छ। यस ऐनअनुसार वैयक्तिक अनुमतिबिना कसैको तस्बिर वा भिडियो खिच्न पाइँदैन।

यस्तो छ घटना विवरण

उक्त रेस्टुरेन्टमा मदिरा सेवन गरेका डीएसपी केसी र अन्य चार जना इन्स्पेक्टर थिए। अर्को टेबलमा एक युवती र उनका साथी थिए। मदिरा सेवन गरिरहेका डीएसपी केसी केहीबेर बसेर शौचालय जान्छन्। उनी गएको केहीबेरमा ती युवती पनि शौचालय जान्छिन्।

त्यहाँ महिला र पुरुषका लागि पार्टेसन गरेर छुट्टाछुट्टै शौचालय बनाइएको छ। डीएसपी केसीले पुरुष शौचालयसँगै जोडिएको महिला शौचालयको सिलिङबाट मोबाइल बालेर भिडियो खिच्न थाले।

ती महिलाले कसैले आफ्नो भिडियो बनाइरहेको थाहा पाएपछि हतार हतार बाहिर आएरु रेस्टुरेन्टको काउन्टरमा जानकारी गराइन्। उनले काउन्टरमा सीसीटिभी हेरेर उक्त समयमा शौचालय प्रवेश गर्ने व्यक्तिको पहिचान गर्न आग्रह गरिन्। सीसीटीभी फुटेजमा उक्त समयमा डीएसपी केसी छिरेको देखियो। त्यसपछि युवतीले केसीलाई काउन्टरमै बोलाउन रेस्टुरेन्ट सञ्चालकलाई आग्रह गरिन्। केसी काउन्टरमा आए तर युवतीले भने जसरी आफूले कसैको भिडियो फोटो नखिचेको बताए।

ती युवतीसँगै आएका युवकले केसीको मोबाइल फोन चेक गर्न आग्रह गरे। केसीले त्यति बेलासम्म आफ्नो मोबाइलबाट युवतीको भिडियो/फोटो डिलिट गरिसकेका थिए। ती युवकले भनेअनुसार केसीले आफ्नो आइफोनको लक खोलेर हेर्न दिए ग्यालरीमा कुनै पनि फोटो भिडियो भेटिएन। तर, ती युवकले फोनको रिसाइकलबिन पनि हेरे। त्यहाँ भने महिलाको अश्लिल तस्बिर र भिडियो देखियो।

त्यसलगत्तै युवतीले प्रहरीलाई फोनमार्फत खबर गरिन् उजुरी दिइन्। उक्त उजुरीकै आधारमा पक्राउ परेका केसीविरुद्ध प्रहरीले अनुसन्धान सकेर शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय बुझाइसकेको छ। युवतीले आफूहरूलाई टेबलमा बसेर खाजाँ खाँदादेखि नै डीएसपी र इन्स्पेक्टरको टोलीले जिस्काउने काम गरिरहेको उजुरीमा भनेकी छन्।

फागुन ५ गते साँझ ६:३७ बजे रेस्टुरेन्टमा पुगेका केसीको टोली मदिरा पिउँदै बसेका थिए। उनले युवतीको भिडियो खिच्दाको समय भने राति ९:२० मिनेट देखिएको छ।

प्रकाशित: १३ फागुन २०८० १४:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =