गणतान्त्रिक समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित

हिमाल प्रेस १३ फागुन २०८० ९:३६ | Sunday, February 25, 2024
गणतान्त्रिक समाजवादी मोर्चा एकीकृत समाजवादीमा समाहित

झापा- स्वतन्त्र गणतान्त्रिक समाजवादी मोर्चा नामक पार्टी नेकपा एकीकृत समाजवादीमा समाहित भएको छ।

चार बुँदे सहमतिसहित एकीकृत माओवादीमा विद्रोह गर्दै बासु दुलालको नेतृत्वमा बनेको मोर्चा शनिबार बिर्तामोडको एक कार्यक्रममार्फत औपचारिक रूपमा समाजवादीमा समाहित भएको हो।

समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मोर्चाका संयोजक दुलालसहित ७५ जना नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका थिए। कार्यक्रममा नेकपा एमाले, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, राप्रपा र अन्यदलबाट ४० जना गरी १ सय १० जना पार्टी प्रवेश गरेको समाजवादीका झापा जिल्ला अध्यक्ष बेदराज रेग्मीले जानकारी दिए।

पार्टी प्रवेश कायक्रममा बोल्दै पूर्वप्रधानमन्त्री खनालले प्रचण्ड नेतृत्वको सरकार बनिएको एक बर्ष बितिसक्दा पनि जनतालाई प्रत्याभूति दिने कुनै काम गर्न नसेको आरोप लगाए।

उनले क्रान्तिको नारा लगाएर नथाक्ने नेताले नेतृत्व गरेको सरकारको नीति तथा कार्यक्रममा दलाल पूँजीपतीलाई पोस्ने खालका कार्यक्रमबाहेक केही नभएको आरोप लगाए।

प्रकाशित: १३ फागुन २०८० ९:३६ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast