 
                             
                                            काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ। बैठक १० गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले बताए।
बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने उपाध्यायले जानकारी दिए।
                            प्रकाशित: १० फागुन  २०८० ८:३१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 