हेर्नुहोस् आजको विनिमय दर

हिमाल प्रेस १० फागुन २०८० ५:४४
4
SHARES
हेर्नुहोस् आजको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित धेरै विदेशी मुद्राको मूल्य बढेको छ।

आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसा थियो।

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४२ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ६३ पैसा थियो।

त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५२ पैसा थियो।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८७ रुपैयाँ २० पैसा थियो।

त्यसैगरी आजको लागि कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३० रुपैयाँ २६ पैसा र बिक्रीदर ४३२ रुपैयाँ २१ पैसा थियो।

आजको लागि बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९७ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५१ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ९४ पैसा थियो।

प्रकाशित: १० फागुन २०८० ५:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twelve =