वीरगन्‍जमा हट्याे कर्फ्यु

हिमाल प्रेस ८ फागुन २०८० ८:०७ | Tuesday, February 20, 2024
वीरगन्‍जमा हट्याे कर्फ्यु

काठमाडौँ- पर्साको वीरगन्‍जमा लगाइएको कर्फ्यु केही समयका लागि हटाइएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सूचना जारी गरी मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएको जानकारी दिएका छन्। १० बजेपछि भने कर्फ्यु यथावत् रहने सूचनामा उल्लेख छ।

रौतहटमा भएको झडपको विषयमा दिउँसो प्रदर्शन भएपछि हिंसा भड्किन सक्ने भन्दै जिल्ला प्रशासनले सोमबार अपराह्न ५ बजेदेखि वीरगन्‍जका केही भागमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।

वीरगन्‍ज महानगरपालिकाको पूर्वमा नगवा चौक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरीपुलसम्म कर्फ्यु लगाइएको हो।

 

प्रकाशित: ८ फागुन २०८० ८:०७ | Tuesday, February 20, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast