भन्सार छलेर ल्याइएका झन्डै १७ लाखका रकम बरामद

हिमाल प्रेस ३ असोज २०८३ ७:१४ | Saturday, September 19, 2026
भन्सार छलेर ल्याइएका झन्डै १७ लाखका रकम बरामद

पर्सा- नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७ लाख ५६ हजार ९९० बराबरका मोबाइल पार्टस् र कपडा बरामद गरेको छ ।

वीरगञ्ज महानगरपालिका–१ नैकाटोलाबाट रु ६ लाख ९८ हजार ४५० बराबरका मोबाइल पार्टस् बरामद गरिएको हो । भारतबाट भन्सार छली ल्याइएका उक्त सामान छाडेर दुई जना व्यक्ति फरार भएका थिए ।

त्यसैगरी, पकाहामैनपुर गाउँपालिका–५ सबैठवास्थित गोठमा लुकाइराखेको रु १० लाख ५८ हजार ५४० बराबरका कपडा बरामद गरिएको छ ।

बरामद सामान वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक प्रकाशचन्द्र भट्टले जानकारी दिए ।

 

प्रकाशित: ३ असोज २०८३ ७:१४ | Saturday, September 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast