माओ दिवसका अवसरमा नेकपा रामेछापले वितरण गर्‍यो शैक्षिक सामग्री

हिमाल प्रेस ११ पुष २०७९ २२:१५ | Monday, December 26, 2022
माओ दिवसका अवसरमा नेकपा रामेछापले वितरण गर्‍यो शैक्षिक सामग्री

रामेछाप– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रामेछापले माओ दिवसका अवसरमा शैक्षिक सामग्री वितरण गरेको छ। सोमबार १३० औं माओ दिवसको अवसरमा मन्थली नगरपालिका-१० स्थित हरिसिद्धि माविमा अध्ययनरत ९० जना विद्यार्थीलाई कपी, कलम, पेनसिललगायत शैक्षिक सामग्री वितरण गरिएको पार्टीले जनाएको छ।

‘विद्यार्थीलाई शिक्षण सिकाइमा सहजता होस् र अभावकै कारण कसैले पनि शिक्षाको अधिकारबाट वाञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यी सामग्री वितरण गरेका हौं,’ नगर कमिटीका एक सदस्यले बताए।

कार्यक्रममा पार्टी केन्द्रीय प्रतिनिधि चैतन्य सीले मन्तव्यसहित शैक्षिक सामग्री वितरण गरेका हुन्। कार्यक्रममा जिल्ला कमिटी सदस्य ताज सी, वडा अध्यक्ष गोपिलाल तामाङ, वडाका पार्टी प्रतिनिधि, बुद्धिजीवी, शिक्षाप्रेमीलगायत उपस्तिथित थिए। कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर कार्कीले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेकोमा नेकपालाई धन्यवाद व्यक्त गरे।

प्रकाशित: ११ पुष २०७९ २२:१५ | Monday, December 26, 2022

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast