ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर

हिमाल प्रेस ३ फागुन २०८० १८:५८ | Thursday, February 15, 2024
ललिता निवास जग्गा प्रकरण : १२ जना दोषी ठहर

काठमाडौँ- विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा १२ जनालाई दोषी ठहर गरेको छ। विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बिहीबार तत्कालीन मालपोत अधिकृतहरू कलाधर देउजासहित १२ जनालाई दोषी ठहर गरेको हो। २३ दिनसम्मको लगातार सुनुवाइपछि आज फैसला गरिएको हो।

दोषी ठहर भएकाहरूलाई जनही ७५ लाख जरिबाना र २ वर्ष कैद सजाय सुनाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा ११० जनासँग बिगो र कैद तथा ६५ जनाबाट जग्गा जफत गर्ने सम्बन्धी अभियोगमा मुद्दा दायर गरेको थियो।

प्रकाशित: ३ फागुन २०८० १८:५८ | Thursday, February 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast