सरकारप्रति नागरिकको धेरै गुनासो बढ्यो : गगन थापा

हिमाल प्रेस २ फागुन २०८० १४:४८ | Wednesday, February 14, 2024
सरकारप्रति नागरिकको धेरै गुनासो बढ्यो : गगन थापा फाइल तस्बिर

चितवन– चितवनमा बुधबार पत्रकारहरूसँग कुरागर्दै नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन्। उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए।

स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै थापाले सरकारले सामान्य हिसाबले गर्न सकिने आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको बताए। पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको उनको भनाइ थियो।

महामन्त्री थापाले देशभरका महासमिति सदस्य केही अनुभव वोकेर काठमाडौँ आउँदा महासमितिको बैठकमा यी बिषयमा छलफल हुने बताए। निर्वाचन पछि गठवन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठवन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे।

प्रकाशित: २ फागुन २०८० १४:४८ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast