लिङदेनलाई भेटे लगत्तै दुर्गा प्रसाईले भेटे कमल थापा

हिमाल प्रेस २९ माघ २०८० ११:३३ | Monday, February 12, 2024
लिङदेनलाई भेटे लगत्तै दुर्गा प्रसाईले भेटे कमल थापा

काठमाडौँ- व्यवसायी दुर्गा प्रसाईले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेटेका छन्।

थापालाई भोलि (मंगलबार) काठमाडौँको भृकुटीमण्डपमा हुने कार्यक्रममा निमन्त्रणा दिन प्रसाईले भेटेका हुन्।

यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनलाई पनि प्रसाईले भेटेका थिए। भेटमा लिङदेनले प्रसाईले उठाएका एजेन्डामा आफ्नो समर्थन रहेको बताएका थिए।

यता थापाले पनि पछिल्लो समय प्रसाईले उठाएका एजेन्डा सही बताएका बताउँदै आएका छन्।

प्रसाईले बैंकको ऋण मिनाह गर्ने र राजासहितको हिन्दु धर्मको माग गर्दै आन्दोलन गरिरहेका छन्।

यही माग उठाएर प्रसाईले भोलि भृकुटीमण्डपमा कार्यक्रम गर्न लागेका हुन्।

प्रकाशित: २९ माघ २०८० ११:३३ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast