जोर्डनलाई हराउँदै कतारले चुम्यो एसियन कपको उपाधि

हिमाल प्रेस २८ माघ २०८० ७:०२ | Sunday, February 11, 2024
जोर्डनलाई हराउँदै कतारले चुम्यो एसियन कपको उपाधि

काठमाडौँ- जोर्डनमाथि जित निकाल्दै कतारले एएफसी एसियन कपको उपाधि चुमेको छ। कतारले घरेलु मैदानमा भएको खेलमा जोर्डनलाई ३–१ ले स्तब्ध बनाउँदै लगातार दोस्रो पटक एसियन च्याम्पियन बन्न सफल भएको हो।

कतारका लागि अक्रम अफिफले ह्याट्रिक पूरा गरे। अफिफले प्रतियोगिता अवधिभर ८ गोल गर्दै सर्वाधिक गोलकर्ता समेत बन्न सफल भए।

कतारले खेलको २२औँ मिनेटमा अग्रता लिएको थियो। अफिफ आफैमाथि फाउल भएपछि पाएको पेनाल्टीमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए।

६७औं मिनेटमा जोर्डनले जवाफी गोल फर्कायो। यजान अलनैमातले गोल गर्दै खेल बराबरी बनाएका थिए। तर कतारले त्यसपछि दुई गोल थप्न सफल भयो।

७२औँ मिनेटमा कतारले दोस्रो पेनाल्टी पाएको थियो। सो अवसरमा अफिफ चुकेनन् र कतारलाई खेलमा पुनः अग्रता दिलाए।

तेस्रो गोल भने इन्ज्युरी समयको पाँचौँ मिनेटमा आएको थियो। यसपटक पनि अफिफ माथि नै फाउल भएको थियो। उनले पुनः कुनै गल्ती नगरी ह्याट्रिक पूरा गरे।

लगातार दोस्रो उपाधि जित्ने क्रममा कतारले समूह चरणमा लेबनान, ताजिकिस्तान र चीनविरुद्ध जित निकालेको थियो भने अन्तिम १६ मा प्यालेस्टाइन माथि २९१ को जित निकालेको थियो।

क्वाटरफाइनलमा उज्बेकिस्तान विरुद्ध टाईब्रेकरमा विजयी हुँदा कतारले सेमिफाइनलमा इरानलाई हराएको थियो।

कतारले २०१९ मा जापान माथि ३९१ को जित निकाल्दै पहिलो पटक उपाधि जितेको थियो।

प्रकाशित: २८ माघ २०८० ७:०२ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast