फाइल तस्बिर।
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा गोरखा-२ बाट निर्वाचित सांसद पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा एमालेले आजै चार जनालाई मन्त्री बनाउने तयारी गरेको छ। एमाले उपाध्यक्षसमेत रहेका सांसद विष्णु पौडेल (रुपन्देही २) नेतृत्वमा सरकारमा जाने भएको हो।
‘विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जान्छ। आज प्रधानमन्त्री प्रचण्डको शपथलगत्तै एमालेबाट चार जना मन्त्री बन्दै हुनुहुन्छ,’ एमाले स्रोतले भन्यो, ‘अन्तिम निर्णय त भइसकेको छैन तर आज राजेन्द्रकुमार राई (धनकुटा), ज्वाला साह (बारा ३) र दामोदर भण्डारी (बैतडी) लाई सरकारमा पठाउने तयारी छ।’
प्रकाशित: ११ पुष २०७९ १४:२३ | Monday, December 26, 2022
प्रतिक्रिया



