सामाजिक सुरक्षा कोषले गर्‍यो मधेशका ४७ स्थानीय तहसँग एकैपटक सम्झौता

हिमाल प्रेस २२ माघ २०८० ७:१०
4
SHARES
सामाजिक सुरक्षा कोषले गर्‍यो मधेशका ४७ स्थानीय तहसँग एकैपटक सम्झौता

काठमाडौँ- अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा योजनामा आबद्ध हुन मधेश प्रदेशका तीन जिल्ला ४७ स्थानीय तहल् एकैपटक सम्झौता गरेका छन्।

सर्लाही, महोत्तरी, धनुषामा सन्चालन हुने योजनाका बारे महोत्तरीको बर्दिबासमा भएको स्थानीय तहसँग सामाजिक सुरक्षा कोष कार्यक्रमको समापनमा कोषका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारी र स्थानीय तहको तर्फबाट जनप्रतिनिधिले पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले एकैपल्ट धेरै स्थानीय तहसँग सम्झौता गरेर मधेश प्रदेशका तीन जिल्लाले राम्रो कामको थालनी गरेको बताए।

सामाजिक सुरक्षा कोषका अनुसार सम्झौता बमोजिम कृषि, निर्माण, यातायात र घरेलु श्रमिकसहित स्वरोजगार व्यक्तिले सरकारले तोकेको आधारभूत पारिश्रमिक १० हजार आठ सय २० को ११ प्रतिशत हुने एक हजार एक सय ९० रुपैयाँ मासिक रूपमा योगदान गर्नुपर्छ।

त्यसमा स्थानीय तहले उक्त रकमको ९।३७ प्रतिशत अर्थात एक हजार १३ रुपैयाँको योगदान गर्नेछन्। त्यसबाट विभिन्न योजनामा श्रमिकले सुविधा पाउनेछन्।

प्रकाशित: २२ माघ २०८० ७:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + six =