काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। सुनको मूल्य आइतबार प्रतितोला ६०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
छापावाल सुन तोलामा एक लाख १८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार उक्त सुन तोलामा एक लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
तेजाबी सुन तोलामा एक लाख १८ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ। चाँदी तोलामा एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २१ माघ २०८० १२:०९ | Sunday, February 4, 2024
प्रतिक्रिया





