एमाले संसदीय दलको बैठक आज पनि बस्दै

हिमाल प्रेस २१ माघ २०८० ७:३२ | Sunday, February 4, 2024
एमाले संसदीय दलको बैठक आज पनि बस्दै फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ। एमाले प्रमुख सचेतक पदम गिरीका अनुसार हिजोबाट सुरु भएको बैठक आज समापन हुनेछ।

यसअघि हिजो बसेको बैठकमा अध्यक्ष केपी ओलीले सांसदहरूले संसद्मा खेल्नुपर्ने भूमिकाका बारेमा प्रशिक्षण दिएका थिए। आज संसद्मा प्रतिपक्षको हैसियतले कसरी प्रभावकारी भूमिका निर्वाह गर्ने भन्नेबारेमा दलको नेताले ब्रिफिङ गर्ने तयारी छ।

संसद्को हिउँदे अधिवेशन यही माघ २२ गतेबाट बस्दैछ। यो अधिवेशनमा संघीयता कार्यान्वयन, शान्ति प्रक्रिया लगायत महत्त्वपूर्ण कानुनहरू बनाउने विधेयक अघि बढाउने सरकारको तयारी छ।

प्रकाशित: २१ माघ २०८० ७:३२ | Sunday, February 4, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast