सरकारको सुशासन अभियानलाई पूर्णता दिन कर्मचारीको सहयोग आवश्यक छ : प्रधानमन्त्री

हिमाल प्रेस २० माघ २०८० १४:४८ | Saturday, February 3, 2024
सरकारको सुशासन अभियानलाई पूर्णता दिन कर्मचारीको सहयोग आवश्यक छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले थालेको सुशासनको अभियानलाई पूर्णता दिन कर्मचारीको सहयोग आवश्यक रहेको बताएका छन्।

नेपाल राष्ट्रिय कर्मचारी संगठनको १६औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बाेल्दै उनले सुशासन कायम गर्न कर्मचारीको सहयोग आवश्यक रहेको बताएका हुन्। प्रधानमन्त्री दाहालले सुशासन कायम गर्ने सन्दर्भमा कर्मचारीको योगदान धेरै नै महत्त्वपूर्ण रहेको बताए।

सरकारले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानलाई दृढताका साथ अघि बढाएको बताउँदै प्रधानमन्त्री दाहालले आगामी दिनमा सरकारलाई कर्मचारी क्षेत्रको अझ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

प्रधानमन्त्रीले भने,‘सरकारले अहिले सुशासन, सामाजिक न्याय र समृद्धिको नेतृत्व गरिरहेको छ। सुशासन कार्यान्वयन गर्ने सन्दर्भमा तपाईंहरूको योगदानको धेरै ठूलो महत्त्व छ। आगामी दिनमा तपाईंहरूको सहयोग अझ राम्रोसँग हुने विश्वास व्यक्त गर्न चाहन्छु।’

प्रकाशित: २० माघ २०८० १४:४८ | Saturday, February 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast