एमाले सुर्खेतको नवौँ अधिवेशन स्थगित

हिमाल प्रेस १७ माघ २०८० २१:०६ | Wednesday, January 31, 2024
एमाले सुर्खेतको नवौँ अधिवेशन स्थगित

सुर्खेत- फागुन ४, ५ र ६ गते तोकिएको एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन स्थगित भएको छ। जिल्ला अध्यक्ष अमृत बिसीले प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी गराएका हुन्। स्थगित गरिनुका पछाडि विभिन्न कारणहरू रहेको उनले उल्लेख गरेका छन्।

अध्यक्ष बिसीले आठौँ जिल्ला अधिवेशनबाट अहिलेसम्म जसरी पार्टी साझा तरिकाले चल्नुपर्ने हो त्यसरी चल्न नसकेको बताएका छन्।

‘अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरूलाई बन्धक बनाएर निर्णय गर्न थालियो,’ उनले भनेका छन्, ‘विभिन्न निर्वाचनमा खुलेआम घातअन्तर्घात गरिए, अधिवेशनबाट बाहिरिएका जिम्मेवार कमरेडहरूलाई आग्रहपूर्ण तरिकाले बाहिर राखियो, केही जिम्मेवारीमा रहेका नेताहरूले नै चरम अराजकता प्रदर्शन गर्ने क्रम बढ्दै गयो।’

प्रकाशित: १७ माघ २०८० २१:०६ | Wednesday, January 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast