पोखरामा लिफ्टबाट खसेर इन्जिनियर भट्टराईको मृत्यु

हिमाल प्रेस १६ माघ २०८० १६:२२ | Tuesday, January 30, 2024
पोखरामा लिफ्टबाट खसेर इन्जिनियर भट्टराईको मृत्यु प्रतीकात्मक तस्बिर।

पोखरा- पोखरामा निर्माणाधीन एक घरको सर्भे गर्न गएका इन्जिनियरिको लिफ्टबाट खसेर मृत्यु भएको छ। मृत्यु हुनेमा मुक्ति इनर्जी प्रालिका इन्जिनियर ३७ वर्षीय प्रवीण भट्टराई हुन्। उनी पोखरा ८, रत्नचोक निवासी हुन्।

मंगलबार दिउँसो करिब १ बजे पोखरा ६, खहरेचोकस्थित चिनिमाया भण्डारीको बन्दै गरेको घरको तातोपानीको सर्भे गर्नेक्रममा उनी पाँचौं तलाको लिफ्टबाट अचनाक खसेर घाइते भएका थिए। घाइते भएका उनालाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारकै क्रममा चिकित्सकले दिउँसो २:३० बजे मृत घोषणा गरेका हुन्। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

प्रकाशित: १६ माघ २०८० १६:२२ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast