भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार

हिमाल प्रेस १६ माघ २०८० १५:५६ | Tuesday, January 30, 2024
भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार तस्बिर : भारतीय नौसेना

नयाँ दिल्ली- भारतीय नौसेनाको युद्धपोत आईएनएस सुमित्राले सोमालियाको पूर्वी तटबाट जाँदै गरेको इरानी माछा मार्ने जहाज अल नईमीमा समुद्री डकैतीको प्रयासलाई विफल बनाएको छ। साथै सोमबार १९ जना पाकिस्तानी नागरिकलाई सफलतापूर्वक उद्धार गरेको भारतीय नौसेनाले विज्ञप्तिमा जनाएको छ।

सोमाली समुद्री डाकुहरूबाट इरानी झण्डा बोकेको माछा मार्ने जहाज एफभी इमानलाई बचाई भारतीय नौसेनाले उद्धार गरेको जनाएको छ। सोमालियाको पूर्वी तट र एडनको खाडीमा समुद्री डकैती विरोधी कारबाहीमा १७ जना चालक दलका सदस्यहरू सहभागी थिए। भारतीय नौसेनाका अनुसार युद्धपोत आईएनएस सुमित्राले संकटग्रस्त जहाजलाई रोकी माछा मार्ने जहाज पत्ता लगाएको थियो।

बन्धक बनाइएका १९ पाकिस्तानी राष्ट्रिय चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ। युद्धपोतले डुंगासहित चालक दलका सदस्यहरूको सुरक्षित रिहाइका लागि समुद्री डाकुहरूलाई बाध्य पारी डुंगासहित सबै १९ जनाको रिहाइ गरेको छ।

आईएनएस सुमित्राले ३६ घण्टाको अथक प्रयासबाट कोचीबाट करिब आठ सय ५० एनएम पश्चिम दक्षिणी अरब सागरमा ३६ चालक दल (१७ इरानी र १९ पाकिस्तानी)सहित दुई अपहरण गरिएका माछा मार्ने जहाजहरू समेत उद्धार गरेको छ। रासस/एनएनआई

प्रकाशित: १६ माघ २०८० १५:५६ | Tuesday, January 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast