ट्रकको ठक्करबाट एकजनाको मृत्यु

हिमाल प्रेस १५ माघ २०८० ८:४४ | Monday, January 29, 2024
ट्रकको ठक्करबाट एकजनाको मृत्यु

तनहुँ- तनहुँमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट घाइते भएपछि चितवन मेडिकल कलेज पुर्‍याइएकामोटरसाइकल चालक आबुखैरेनी गाउँपालिका–३ का २६ वर्षीय सफल रानामगरको मृत्यु भएको हो।

रानामगर आइतबार राति करिब ९ बजे आँबुखैरेनी गाउँपालिका–२ ढापटार स्थित पृथ्वीराजमार्ग सडक खण्डमा आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै थिए।

त्यस क्रममा ग १ क ५०१२ नम्बरको मिनी ट्रकसँग मगर चढेको प्र–३ ०२–००९ प ८५३० नंम्बरको मोटरसाइकलले ठक्कर खाएको तनहुँका डिएसपी मोहनबहादुर खाणले जानकारी दिए।

डिएसपी खाणका अनुसार घाइते भएपछि उपचारका लागि अस्पताल पुर्‍याइएका रानामगरलाई अस्पतालले मृत घोषणा गरेको थियो। ट्रकका चालकलाई नियमन्त्रणमा लिएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: १५ माघ २०८० ८:४४ | Monday, January 29, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast