एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

हिमाल प्रेस १३ माघ २०८० १६:१८
8
SHARES
एमाले अध्यक्ष ओली र चिनियाँ उपमन्त्रीबीच भेट

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हायानले शिष्टाचार भेट गरेकी छन्।

ललितलपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्ध तथा एमाले र चिनियाँ कम्युनिस्ट पार्टीबीचकाे सम्बन्धलाई राम्रो बनाउने विषयमा छलफल भएको एमाले विदेश विभाग प्रमुख डा.राजन भट्टराईले जानकारी दिए।

उनका अनुसार पार्टी अध्यक्ष ओलीले विगतमा चिनियाँ कम्युनिस्ट पार्टीसँग एमाले सरकारमा हुँदा भएका सहमति कार्यान्वयन गर्न आग्रह गरे।

उपमन्त्री सुन हायानले पनि दुई देशबीच उच्च राजनीतिक तहमा भएका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको एमाले विदेश विभाग प्रमुख भट्टराईले बताए।

उपमन्त्री हायान नेकपा माओवादी केन्द्रको औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएकी हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast