नवलपुरमा चिसोका कारण दस दिन विद्यालय बन्द

हिमाल प्रेस ८ माघ २०८० ८:२० | Monday, January 22, 2024
नवलपुरमा चिसोका कारण दस दिन विद्यालय बन्द

नवलपुर- चिसो बढेसँगै जनजीवन कष्टकर भएको भन्दै नवलपुरका स्थानीय तहले विद्यालयहरूमा १० दिन बिदा दिएको छ। एक साता बिदा दिने निर्णय गरे पनि थप जाडो बढेपछि तीन दिन थप गरेर १० दिन बिदा दिने निर्णय गरेको हो।

‘केही दिनयता अत्याधिक चिसोका कारण जनजीवन कठिन हुँदै गएको र पठनपाठनमा समेत प्रतिकूल असर पर्नुका साथै सरोकारवालाहरुको सुझाव तथा गुनासो समेतलाई मध्यनजर गर्दै बाँकी रहेको बिदाबाट समायोजन हुने गरी सम्पूर्ण विद्यालयहरूमा विशेष जाडो बिदा दिन सूचचित गरिन्छ, पालिकाहरूले जारी गरेको सूचनामा भनिएको छ।

केही दिनदेखि तराइका जिल्लाहरूमा बाक्लो हुस्सु, कुहिरो र शीत लहर लाग्ने गरेको छ । जिल्ला सदरमुकाम कावासोतीमा आज बिहानको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस मापन गरिएको छ।

विगत दुई सातादेखि राम्रोसँग घाम नलाग्दा नवलपुरको जनजीवन कष्टकर बन्दै गएको छ। शीत लहरसँगै चिसो हावा चल्दा स्कुल जाने उमेरका बालबालिका, बृद्ध बृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । जाडो छल्ला चोक चोकमा आगो बालेर ताप्नेहरू बढेका छन्।

प्रकाशित: ८ माघ २०८० ८:२० | Monday, January 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast