पाथीभरामा एक महिनामा ३५ लाख भेटी संकलन

हिमाल प्रेस ३ माघ २०८० १६:४७ | Wednesday, January 17, 2024
पाथीभरामा एक महिनामा ३५ लाख भेटी संकलन

ताप्लेजुङ- ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा ३५ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ।

भक्तजनले चढाएकाे तथा दान गरेको भेटी रकम ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए।

उनका अनुसार पुस महिनामा मात्र कूल ३५ लाख २९ हजार भेटी रकम संकलन भएको हो।

पुसमा भक्तजनले पाथीभरा देवीका नाममा चढाएको र दान गरेको भेटी रकम संकलन गरी सार्वजनिक गरिएको समितिले जनाएको छ।

संकलित रकम नेपाल बैंक लिमिटेड, सानिमा बैंक र एनएमबी बैंकमा रहेकाे समितिको खातामा जम्मा गरिएको पनि उनले बताए।

प्रकाशित: ३ माघ २०८० १६:४७ | Wednesday, January 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast