मानव स्रोत विकास केन्द्रले गर्‍यो सबै विद्यालयलाई परिपत्र

हिमाल प्रेस २६ पुष २०८० १७:०८ | Thursday, January 11, 2024
मानव स्रोत विकास केन्द्रले गर्‍यो सबै विद्यालयलाई परिपत्र

काठमाडौँ- शिक्षा तथा मानव स्रोत विकास केन्द्र (विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखा)  सानोठिमी, भक्तपुरले विद्यालयमा भूकम्पसम्बन्धी सचेतनामूलक कार्यक्रम गर्न गराउन ७५३ वटै स्थानीय तह, शिक्षा मन्त्रालय, गृह मन्त्रालय, शिक्षा विकास तथा समन्वय एकाई, सबै विद्यालयलाई परिपत्र गरेको छ।

केन्द्रले बुधबार परिपत्र गर्दै माघ २ गते २६औँ भूकम्प सुरक्षा दिवसमा कार्यक्रम गर्न गराउन अनुरोध गरेको हो। केन्द्रले पाठ्यक्रमले तय गरे अनुसारका भूकम्प र सुरक्षासम्बन्धी विषयवस्तु पठनपाठन गर्ने गराउने र सम्भव भएसम्म विद्यालयमा भूकम्प सुरक्षा विषयमा कृत्रिम घटना अभ्यास गराउन अनुरोध गरेको छ।

केन्द्रको परिपत्रमा भनिएको छ, ‘२६औँ भूकम्प सुरक्षा दिवस, २०८० मूल समारोह समितिको बैठकले भूकम्प सुरक्षा दिवसका लागि ‘स्थानीय स्रोत र प्रविधिको प्रयोग गरौँ, भूकम्प थेग्ने संरचना बनाऔँ’ नारा तय गरेको सन्दर्भमा २०८० माघ २ गरेका दिन त्यहाँ स्थानीय तहबाट सबै विद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, स्वीकृत पाठ्यक्रमले तय गरेअनुसारका भूकम्प र सुरक्षासम्बन्धी विषयवस्तु पठनपाठन गर्ने गराउने र सम्भव भएसम्म विद्यालयहरूमा भूकम्प सुरक्षा विषयमा कृत्रिम घटना अभ्याससमेत गर्ने व्यवस्था मिलाउनु हुन अनुरोध छ।’

प्रकाशित: २६ पुष २०८० १७:०८ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast