प्राथमिक शिक्षकको नतिजा माघभित्र

हिमाल प्रेस २६ पुष २०८० १६:२४ | Thursday, January 11, 2024
प्राथमिक शिक्षकको नतिजा माघभित्र

काठमाडौँ-  शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदपूर्तिका लागि लिएको परीक्षाको नतिजा माघ महिनाभित्र प्रकाशन गर्ने तयारी गरेको छ। आयोगले गत असोज १३ गते लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने तयारी गरेको हो।

आयोगका उपसचिव तथा सूचना अधिकारी सुदर्शन मरहठ्ठाले माघभित्र नतिजा आउने गरी काम भइरहेको जानकारी दिए। उनले हिमाल प्रेससँग भने,‘प्रावि तृतीय श्रेणीको परीक्षाको उत्तरपुस्तिका जाँच्ने काम भइरहेको छ। सम्भवतः माघ महिनाभित्र नतिजा प्रकाशन गर्छौँ।’

आयोगले गत चैत ९ गते कुल ७ हजार ८८२ पदका लागि विज्ञापन गरेको थियो।  उक्त विज्ञापनअनुसार लिइएको सामान्य परीक्षाको नतिजा गत असार १ गते सार्वजनिक गरेको थियो। नतिजाबाट १६ हजार ७०२ जना विषयगत लिखित परीक्षाका लागि छनोट भएका थिए। मरहठ्ठाले आयोगको वार्षिक कार्यतालिकाअनुसार नै विज्ञापन, परीक्षा र नतिजा प्रकाशनको काम भइरहेको बताए।

प्रकाशित: २६ पुष २०८० १६:२४ | Thursday, January 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast